जनकपुरधाम उपमहानगरपालिका–५ का करिव ५५ वर्षीय वडा अध्यक्ष बेचन साहलाई कात्तिक १५ गते अवेर साँझ जनकपुरधाम उपमहानगरपालिका–८ का ३८ वर्षीय वडा अध्यक्ष दिनेश सिंहले कुटपिट गरेको आरोप छ ।
नेकपा एमालेको जनकपुरधामस्थित क्षेत्रीय कार्यालयमा वडा अध्यक्ष साहलाई हातपात गरेको पीडितले आरोप लगाउनु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१५ वडामा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवारहरुसँगको भेटघाट तथा चुनावी कार्यक्रममा वडा नं. ८ का निर्वाचित वडा अध्यक्ष दिनेश सिंह र वडा नं. १ बाट पराजित भएका लव अधिकारीले निर्वाचित वडा अध्यक्ष साहलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिटबाट घाइते हुनुभएका वडा अध्यक्ष बेचन साहको उपचार प्रादेशिक अस्पताल जनकपुरमा कात्तिक १५ गतेदेखि भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले घटनाबारे आधिकारिक रुपमा उजुरी नआएको बताउनु भयो ।