११ वर्षीय बालिकालाई कात्तिक ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मर्स्याङ्दी गाउँपालिका–४ जगतका ६२ वर्षीय बुद्धिबहादुर तामाङलाई सोही दिन गिरफ्तार गरेको छ ।
पीडित पक्षले कात्तिक ११ गते नै जिल्ला प्रहरी कार्यालयमा घटनाको विषयमा उजुरी गरेपछि सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश रेग्मीले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल लमजुङमा कात्तिक ११ गते गरिएको छ ।