INSEC Online

📅 २०८३ जेष्ठ २१

दोरम्बास्थित कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित

रामेछापको दोरम्वा गाउँपालिका-५ पुञ्चेतको कालिका आधारभूति विद्यालयको मतदान केन्द्रमा वैशाख ३१ गते बिहान ९ बेजबाट मतदान स्थगित गरिएको छ ।

नेकपा माओवादी केन्द्रका प्रतिनिधिसँग एमाले र काङ्ग्रेसका प्रतिनिधिको विवाद भएपछि माओवादी प्रतिनिधिले एमाले प्रतिनिधिलाई हातपात गरेपछि दुबै पक्षबिच झडप भएको थियो । झडपमा एमालेका एक प्रतिनिधि समान्य घाइते भएका छन् ।

घटनापछि मतदान स्थगित गरिएको र पुनः मतदान सुचारु गर्न सर्वदलीय बैठक बोलाइएको छ ।

अन्य

भिडियो