INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपा एमालेका उम्मेदवार ओली र बस्नेतले गरे आचार संहिता उल्लङ्घन

दाङ निर्वाचन क्षेत्र नम्बर ३ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वली र प्रदेश सभा सदस्य ३(२) का उम्मेदवार हुकुम बस्नेतले विद्यार्थीहरूसँग चुनावी कार्यक्रम गरेर निर्वाचन आचार संहिता उल्लङ्घनगरेका छन् ।

बबई गाउँपालिका–१ स्थित सरस्वती मावि गंगटेका विद्यार्थी र शिक्षकहरूसँग कात्तिक १५ गते चुनावी सम्वोधन र पर्चा वितरण गरेको पाइएको हो । विद्यार्थीहरूलाई पर्चा बाडिएको सम्वोधन गरेपछि सामुहिक तस्विर खिचाइएको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

वलीले चुनावी कार्यक्रममा जाँदा बाटैमा विद्यार्थीहरूले कलाकारकोरुपमा आफूसँग फोटो खिचेको र विद्यार्थीसँग आफ्नो संघर्षका कुरा गरेको प्रतिक्रिया दिनुभयो ।

निर्वाचन आचार संहिता परिच्छेद २ को दफा ३ (ग) अनुसार विद्यालय क्षेत्रको प्रयोग गर्न नहुने, परिच्छेद ३ को (छ) अनुसार चुनावी गतिविधिमा बालवालिकाको प्रयोग गर्न नहुने र परिच्छेद ३ को ७ (ख) अनुसार सरकारी कर्मचारी चुनावी भेला, कार्यक्रममा सहभागी हुन नपाउने व्यवस्था रहेको छ ।

आचार संहिता उल्लङ्घनबारे जिल्ला अनुगमन समितिमा कुनै उजुरी नआएको कोष तथा लेखा नियन्त्रक शिवप्रसाद चौधरीले बताउनु भयो ।जयनारायण पुन

अन्य

भिडियो