स्वच्छ निर्वाचनका लागी नागरिक अभियानले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको प्रभावकारी अनुगमनका लागि नागरिक अभियानको साझेदारी संस्था नेपाल मानव अधिकार संगठन (हृयुरन) कास्कीले पर्यवेक्षकलाई वैशाख ३० गते अभिमुखिकरण तालिम दिएको छ ।
तालिममा स्वच्छ निर्वाचनका लागी नागरिक अभियानमा संगठन मार्फत पर्यवेक्षण गर्ने पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षकको काम कर्तब्य र अधिकारका बारेमा जानकारी गराइएको थियो । कार्यक्रमको इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयका संयोजक शिव खकुरेल र हृयुरन कास्कीका नरेन्द्र बास्तोलाले सहजीकरण गरेका थिए ।
साथै स्वच्छ निर्वाचनका लागी नागरिक अभियान कास्कीले वैशाख ३० गते कास्कीमा रहेका विभिन्न मतदान केन्द्रको अनुगमन गरेको छ । अनुगमन गर्दा फोटो सहितको मतदाता परिचय पत्र वितरणका क्रममा देखिएका समस्याका बारेमा टोलीले क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीलाई सुझाव दिएको थियो । परिचयपत्र वितरणका क्रममा सिरीयल नम्बर नमिलेको, नामको वर्णानुक्रम नमिलेको, परिचयपत्रको लागी फोटो खिचाए पनि मतदाता परिचय पत्रमा नाम नभएको जस्ता समस्याहरू भेटिएका थिए ।