INSEC Online

📅 २०८३ जेष्ठ २१

हुम्लाबासीको पीडाः स्टेचरको भरमा बिरामी बोक्न बाध्य

हिमाली जिल्ला हुम्ला हालसम्म पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिदा बिरामीलाई दुईदिन बोकेर सदरमुकामस्थित जिल्ला अस्पताल पुर्‍याउनु पर्ने बाध्यता हुम्लाबासीको अझै हट्न सकेको छैन ।ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी र औषधि नहुँदा बिरामीले सास्ती खेप्नुपर्ने बाध्यता हुम्लाबासीको छँदैछ । त्यसमा पनि स्वास्थ्य संस्थामा औषधि नभएपछि यहाँका बिरामीले अकालमै ज्यान फालेका उदाहरण प्रशस्तै छन् ।

सर्केगाड गाउँपालिका–३ उनपानी गाउँ निवासी ४२ वर्षीय गोर्ख फडेराको असोज ४ गतेदेखि दिसापिसाब बन्द भयो । पशु चौपायको हेरालाको रुपमा गुँसा लेखमा बस्दै आउनु भएका बिरामी फडेर एक्कासी बिरामी पर्दा गाउँमा ल्याउन कठिन भएको आफन्त छिरिङ फडेराले गुनासो गर्नु भयो । आफन्त पडेराका अनुसार उनपानी आधारभूत स्वास्थ्य इकाईमा असोज ४ गतेनै उपचारका लागि लगियो तर त्यहाँ नत औषधि पाइयो नत दक्ष स्वास्थ्यकर्मी नै भेटिए । दुईदिनदेखि दिसापिसाब रोकिएको समस्याले थला परेका बिरामी फडेरालाई स्वास्थ्य संस्थामा औषधि नभईसकेपछि सोही दिन रिफर गरियो आफन्त फडेराले गुनासो गर्नु भयो । बिरामी फडेराका भतिज सत्य फडेराले भन्नु भयो राष्ट्रिय सडक सञ्जाल नजोडिएकै कारण हामीले यस्तो दुःखकष्ट भोग्नु पर्ने अवस्था आएको छ । सर्केगाड गाउँपालिकादेखि सिमकोटसम्म सडक निर्माण कार्य कहिले सम्पन्न भएर गाडीमा आवातजावत गर्न पाइने हो उहाँले थप्नु भयो । सदरमुकाम सिमकोटमा सडक जोडिन अझैँ दुईदेखि तीन वर्ष लाग्ने स्थानीयले गुनासो गर्दै आएका छन् ।

बिरामी फडेरालाई स्टेचरमा बोकी दुईदिन लगाएर असोज ६ गते जिल्ला अस्पतालमा पुर्‍याएपनि उपचार सम्भव नभएपछि बिरामीलाई सोहीदिन जिल्ला बाहिर नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरियो आफन्त फडेराले बताउनु भयो । सडक अवरुद्ध भएका कारण गाउँबाट ६ जनाले पालैपालो गरेर बिरामी बोक्दा कष्ठपूर्ण अवस्थामा सिमकोट पुर्‍याएको आफन्तले गुनासो गर्नु भयो । लामो समय जिल्ला अस्पतालमा औषधि नहुनुमा नियमित हवाई उडान नभएकै कारण जिल्ला बाहिरबाट औषधि आयात हुन नसकेको स्वास्थ्य सेवा कार्यालय, हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो । उहाँले भन्नु भयो विद्युत अवरुद्ध नभएको भए सामान्य बिरामीलाई भने जिल्ला बाहिर रिफर गर्नुपर्ने थिएन ।
Photohumla20221026 (5) Photohumla20221026 (1) Photohumla20221026 (2) Photohumla20221026 (3) Photohumla20221026 (4) Photohumla20221026 (6) Photohumla20221026 (7) Photohumla20221026 (8) Photohumla20221026 (10) Photohumla20221026 (11) Photohumla20221026 (12) Photohumla20221026 (13) Photohumla20221026 (14)

अन्य

भिडियो