INSEC Online

📅 २०८३ जेष्ठ २१

१५ वर्षीय बालकलाई गोली प्रहार गरी हत्या प्रयास, आरोपितद्वारा आत्महत्या

गौरादह नगरपालिका–८ का १५ वर्षीय बालक हेमराज साहलाई गोली प्रहार गरी हत्या प्रयास घटनाका आरोपितले आँफैलाई गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका क्रममा ३५ वर्षीय काका वीरेन साहले १५ वर्षीय भतिज हेमराजलाई कात्तिक १ गते साँझ गोली प्रहार गरी हत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका एसपी विश्वमणि पोखरेलले बताउनु भयो ।

भतिजलाई गोली प्रहार गरेपछि वीरेनले घटनास्थल भन्दा केही पर गएर आँफैलाई गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

घरायसी विवादका क्रममा गोली चलाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

पिठ्यूमा गोली लागेका घाइते बालकको विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

शवको पोष्टमार्टमका लागि मेची अस्पतालमा राखिएको छ ।

अन्य

भिडियो