INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपितहरु गिरफ्तार

मिर्चैया नगरपालिका–१ की ६० वर्षीया गुब्दीदेवी साहलाई हत्या गरेको आरोपमा प्रहरीले ७० वर्षीय पति मङ्गल साह र ४० वर्षीय छोरा रामबाबू साहलाई असोज २८ गते गिरफ्तार गरेको छ ।

असोज १६ गते कर्जन्हा नगरपालिका–१० स्थित उखुबारीमा मृतकको शव हत्या गरिएको अवस्थामा भेटिएको र घटना अनुसन्धानबाट पति र छोराले घरायसी विवादका कारण हत्या गरेको खुल्न आएकोले गिरफ्तार गरी घटनाको थप अनुसन्धानका लागि असोज ३० गते म्याद थप गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर वलीले बताउनु भयो ।

शवको पोष्टमार्टम लहानस्थित प्रादेशिक अस्पतालमा असोज १६ गते गरिएको छ ।

अन्य

भिडियो