INSEC Online

📅 २०८३ जेष्ठ २१

विभिन्न ठाउँमा बम विष्फोट, मतदाता त्रसित

खाँडाचक्र नगरपालिका र पलाता गाउपालिकालगायत विभिन्न ठाउँमा वैशाख ३० गते बिहान बम विष्फोटन भएपछि यहाका स्थानीय मतदाताहरू त्रसित भएका छन् ।

बिहान १ बजेको समयमा पलता गाउँपालिका थिर्पू धौलागोहलगायतका स्थानमा विष्फोट भएको सोही गाउँपालिका काङ्ग्रेसका अध्यक्ष उम्मेदवार केशरसिंह बमले वताए ।

उनले बिहानको समयमा बम विष्फोट गरेपछि स्थानीयबासी त्रसित भएको र कसले विष्फोटन गराएको हो भन्ने नखुलेको प्रहरीको भनाइ छ ।

खाडाचक्र नगरपालिका-८, दशलामा पनि बम विष्फोटन भएको  एमालेका सोही वडा अध्यक्ष उम्मेदवार आदिचन्द्र चौलागाईँले ताएका छन् ।

यसअघि पनि उनको घरमा वैशाख २२ गते राति गोली प्रहार भएको थियो । घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी योगेन्द्र खडकाले बम विष्फोट नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले गरेको हुनसक्ने आरोप लगाउँदै एका हिानै सुरक्षा समितिको बैठक राखेर सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय गरिएको बताए ।

अन्य

भिडियो