सञ्चारकर्मी र पर्यवेक्षकहरूले इमान्दारितापूर्वक निर्वाचन आचार संहिता पालना गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको अयोजनामा असोज ३० गते आयोजित स्वच्छ, निष्पक्ष र भयरहीत निर्वाचानकालागि सञ्चारकर्मी र पर्यवेक्षकहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा कान्तिपुर टेलिभिजनका पत्रकार जे.पाण्डेले पत्रकार र पर्यवेक्षकहरूले आफूले इमान्दारितापूर्वक आचार संहिता पालना गरेर मात्र अरुलाई खबरदारी गर्न सुझाव दिनु भएको हो ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले पत्रकार र पर्यवेक्षकहरूले राजनीतिक आस्थाभन्दा माथि उठेर आफू सच्चिएर मात्र अरूलाई सच्चाउन सकिने धारणा राख्नु भयो ।
उच्च अदालत बार एशोसिएशनका सचिव पदम पाण्डेले निर्वाचनमास्वास्थ्य संस्थाका कर्मचारीहरू निर्वाचन आयोगलाई अनुरोध गर्नु पर्ने बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जकी द्वारिका अधिकारीले निर्वाचन शिक्षा पनि जरुरी रहेको बताउदै आचार संहिता पालना गर्न र गराउन सबैको सहयोग हुनुपर्ने बताउनु भयो ।
बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले आचार संहितालाई प्रभावकारी गर्न गराउन हामी सबैको भूमिका रहेको बताउदै आयोगलाई जिम्मेवारउी बनाउन झकझक्याउनु पर्ने बताउनु भयो ।
बरिष्ठ पत्रकार एवं लेखक नरेन्द्रजंग पिटरले राजनीतिक दलका उम्मेदवारहरूमा नीति र सिद्धान्त बिपरित महङ्गो निर्वाचन, भ्रमित सुचना, कर्तव्य र दायित्व बोध नहुनु प्रति असन्तुष्टि व्यक्त गर्दै “नो भोट” अधिककार राख्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा पत्रकार र अधिकारकर्मीहरूले विगतका निर्वाचनमा आफूले गरेका कामको समीक्षा गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।