११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१३ का ३८ वर्षीय ऋषि पोख्रेललाई असोज २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितले घरमा काम गर्न राखेर पटक पटक यौन दुर्व्यवहार गर्दै आएको पीडित पक्षले बताएका छन् ।
घटना पछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर वलीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।