नेकपा एमालेको चुनावी प्रचारप्रसार गरी फर्केर पार्किङमा राखेको पिकअप भ्यानमा अज्ञात समूहले वैशाख २८ गते पेट्रोल बम प्रहार गरेको छ ।
अल्फबेट नखुलेको ४४४६ नम्बरको मोटरसाइकलमा आएका दुई जनाको समूहमा व्यक्तिले ग १ ज २९११ नम्बरको पिकअप भ्यानमा राति पोखरा-लेखनाथ महानगरपालिका-१० उत्तम चोकमा पेट्रोल बम प्रहार गरी भागेका थिए ।
बम प्रहारबाट कुनै पनि मानवीय क्षति नभएको र आरोपितहरूको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यलय रामबजारका इन्स्पेक्टर सुवास गैह्रेले जानकारी दिए ।