INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई विद्यालय पहिरोको जोखिममा, पठनपाठन प्रभावित

सल्यानमा दुई विद्यालय भवन पहिरोको जोखिममा परेका छन् । खलंगा–बालुवासङ्ग्रही सडक निर्माणका क्रममा बनगाडकुपिण्डे नपा–८ ज्यामिरेस्थित महादेव आधारभूत विद्यालय र बाग्चौर नपा–१२ ओखरेनीस्थित बालजागृत आधारभूत विद्यालय पहिरोको जोखिममा परेका हुन् ।

सडक विस्तारका क्रममा दुवै विद्यालयको तल–माथिबाट पहिरो खस्न थालेको हो । पहिरोकै जोखिमका कारण पानी परेको बेला विद्यालय सञ्चालन गर्न समस्या भएको महादेव आधारभूत विद्यालयकी प्रद्यानाध्यापक कमला आचार्यले बताउनुभयो ।

‘सडक विस्तारका क्रममा विद्यालयले प्रयोगगर्दै आएको तीन मिटर जग्गा सडकमै प¥यो, उहाँले भन्नुभयो, जसका कारण विद्यालय भवन भत्किने जोखिम बढेको हो । ‘सडकमा गाडी चल्दा र डोजर चलाउँदा विद्यालय भवन थर्किने गरेको र पठन पाठनमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

कक्षा १ देखि ५ सम्म पढाइ हुने यो विद्यालयमा ७० जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा दुई वटा पुराना र एउटा नयाँ भवन छ । जसमध्ये पुराना दुवै भवन जोखिममा परेको उहाँको भनाई छ ।

विद्यालयमुनिबाट बगेको खोला नजिकैबाट सडक खन्दा भवन जोखिममा परेको बागचौर नपा–१२ ओखरेनीस्थित बालजागृत आधारभूत विद्यालयका प्रद्यानाध्यापक वीरबहादुर ओलीले बताउनुभयो ।

उहाँका अनुसार तीन वर्षअघि विद्यालयमाथि र मुनि दुवैतिरबाट पहिरो खसेको थियो । उक्त पहिरो रोकथाम नहुँदै सडक खनिएपछि विद्यालय भवन थप जोखिममा परेको हो ।

‘पहिरोबाट बचाउन पक्की पर्खाल तथा तारजाली लगाउन नगरपालिकामा माग गरेपनि बेवास्ता भयो, उहाँले भन्नुभयो, ‘विद्यालय सार्न सके बालबालिका सुरक्षित हुने थिए । २०४६ सालमा स्थापना भएको यो विद्यालयमा पनि ७० विद्यार्थी नै अध्ययनरत छन् ।
Salyanphoto20221013

अन्य

भिडियो