INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्धको उजुरी दर्ता नगरेको पीडितको आरोप

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै गोडैता नपा–१० सिसौटीयाका ३३ वर्षीय रामनरेस मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असोज २४ गते दिएको उजुरी दर्ता नगरेको पीडितको आरोप छ ।

पीडित महिलालाई आरोपितले असोज १४ गते पीडित महिलाकै घरमा बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् ।

अनुसन्धानपछि उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर राकेश यादवले जानकारी दिनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको छैन ।

अन्य

भिडियो