भोक्राहा नरसिंह गाउँपालिका–६ का ७० वर्षीय ज्येष्ठ नागरिक खटर सरबरियाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।
ज्येष्ठ नागरिक तथा सुसुरा तथा हजुरबुबाको असोज १५ गते कुटपिट गरी हत्या गरेको आरोपमा ४५ वर्षीया प्रमिला मण्डल, कान्छी बुहारी ३३ वर्षीया गुढी मण्डल र नाति देवानन्द मण्डललाई असोज १६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।
जग्गा विवादका कारण ससुराको हत्या भएको डिएसपी राईले बताउनु भयो ।
शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असोज १५ गते गरिएको छ ।
पीडित पक्षले असोज १५ गते शव बुझी सोही दिन सुनसरी खोलामा सद्गद गरेको छ ।