INSEC Online

📅 २०८३ जेष्ठ २१

उम्मेदवारी दर्ता गर्न जाँदा दलहरुद्वारा आचार संहिता उल्लङ्घन

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि असोज २३ गते उम्मेदवारी दर्ता गर्ने क्रममा दलहरूले आचारसंहिताको उल्लङ्घन गरेका छन् ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार दलका प्रतिनिधि र उम्मेदवारले निर्वाचन आचार संहिताको उल्लङ्घन गरेका छन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताको परिच्छेद ४ को दफा १३ को ‘ण’ मा गरिएको व्यवस्थाको दल तथा उम्मेदवारले उल्लङ्घन गरेको पाइएको हो ।

उक्त बुँदामा निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा २५ जना भन्दा बढी लैजान नहुने उल्लेख भएपनि नेपाली कांग्रेससहितको गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरूले जुलुस सहित सयौँको सङ्ख्यामा सहभागी गराएका थिए ।

तनहुँका मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको बारेमा आफूलाई केही जानकारी नभएको भन्दै सबैलाई आचारसंहिता पालना गर्न अनुरोध गरिएको बताउनु भयो ।

photo20221010tanahu (1)

photo20221010tanahu (2)

photo20221010tanahu (3)

photo20221010tanahu (4)

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार उम्मेदवारी दर्ताको क्रममा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङघन गरेको पाइएको छ ।

मनोनयन दर्ताको क्रममा २५ जना भन्दा बढीको सहभागिता हुन नपाइने भएपनि नेकपा एमाले र पाँच दलीय गठबन्धका उम्मेदवारहरू सयौँको सङ्ख्यामा नेता कार्यकर्ता सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

photo20221010baglung (1)

photo20221010baglung (2)

photo20221010baglung (3)

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेद्वार मनोनय दर्ताका क्रममा कास्कीमा राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरेका छन् ।

उम्मेदवारीका लागि निर्वाचन कार्यालय जाने क्रममा दलहरूले आचारसंहिता विपरित जुलुस, ठूला झण्डाको प्रयोग र सडक अवरोध गर्दै नाराबाजी गरेका थिए ।

कास्कीका क्षेत्र नं १ का लागि पशु सेवा निर्देशानालय, २ का लागि पोखरा सभागृह र तीनका लागी जिल्ला समन्वय समितिको कार्यलयललाई निर्वाचन कार्यलयको रुपमा तोकिएको छ ।

कास्की क्षेत्र नं १ को उम्मेदवारी दर्ताका लागी नेकपा एमालेले पोखरा अमरसिंह चौरबाट निकालेको जुलुसमा सयौँ जना सहभागी रहेका थिए ।

उक्त जुलुस सार्वजनिक सडक अवरोध गरी नाराबाजी सहित निर्वाचन कार्यलय पुगेको थियो । यस्तै क्षेत्र नं २ ले पनि पार्टी कार्यलय शान्तिवनबाट नाराजुलुस सहित पोखरा सभागृह सम्म र्‍याली गरेको थियो ।

यस्तै सत्तारुढ गठबन्धनका तर्फबाटका उम्मेद्वारहरूले पनि बाजासहित जुलुस लिएर निर्वाचन कार्यलय पुगेका थिए ।

कास्की क्षेत्र नं १ मा अमरसिंह चोकबाट जुलुस सहित आचारसंहिता विपरितका झण्डाको प्रयोग गर्दै र्‍याली सुरु भएको थियो ।

कास्की क्षेत्र नं ३ को उम्मेदवारी दर्ताका लागी पोखरा मनपा–७ रत्नचोकबाट सयौँ कार्यकर्ताको जुलुस लिएर उम्मेद्वारहरु निर्वाचन कार्यलय पुगेका थिए ।

राप्रपा नेपालका उम्मेदवारहरू भजन र बाजासहित नाराजुलुस गर्दै निर्वाचन कार्यलय पुगेका थिए ।
दलहरूको जुलुसमा बालबालिकाको प्रयोग भने देखिएन ।

बालबालिकाहरूले झण्डा लिने, र्‍याली र जुलुसमा सहभागी गराउने क्रम भने यसपटकको उम्मेदवारी दर्तामा नदेखिएको हो ।

निर्वाचन आचारसंहिता परिच्छेद् ४ को दफा १३ को ‘ङ’ मा ३*४ मा साइजका १० ओटा झण्डा प्रयोग गर्न पाउने उल्लेख छ भने ‘ण’ मा उम्मेदवार मनोनयमा जाँदा २५ जना भन्दा बढीको जुलुस, बाजागाजा गर्न नपाइने उल्लेख गरेको छ ।

photo20221010kaski (1)

photo20221010kaski (2)

photo20221010kaski (3)

photo20221010kaski (4)

photo20221010kaski (5)

photo20221010kaski (6)

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार उम्मेदवारी दर्ताको क्रममा दलहरूले आचारसंहिता उल्लङ्घन गरेका छन् ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार मनोनयन दर्ताका क्रममा निर्वाचन आयोगले आचारसंहितालाई विशेष ध्यान पुर्‍याउन र उल्लङ्घन नगर्न स्थानीय राजनीतिक दल, सुरक्षा निकाय तथा अन्य विभिन्न निकायलाई अनुरोध गरेपनि राजनीतिक दलबाट नै आचारसंहिताको उल्लङ्घन भएको छ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा राजनीतिक दलहरुले मनोनयन दर्ताका क्रममा २५ जना भन्दा बढीको जुलुस प्रदर्शन गर्न नहुने र झण्डा व्यानरहरु प्रदर्शन गर्न नहुने उल्लेख गरेको भएपनि पर्वतमा ठूला राजनीतिक दलहरुले नै त्यसको उल्लङ्घन गरेका हुन् ।

नेकपा एमाले र नेपाली कांग्रेस माओवादी सहितको गठबन्धनको समूहले छुट्टाछुट्टै जुलुसमा मोटरसाइकल र्‍यालीसहित झण्डा, व्यानर लिएर मनोनयन दर्ताका क्रममा पुगेका थिए ।

मनोनयन दर्ता स्थलका रूपमा तोकिएको पर्वत जिल्ला अदालतको प्राङ्गण नजिकै पुगेपछि सुरक्षाकर्मीको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जुलुस प्रवेशमा रोक लगाएको थियो ।

photo20221010parbat (1)

photo20221010parbat (2)

photo20221010parbat (3)

photo20221010parbat (4)

स्याङ्जा प्रतिनिधि राधाकृष्ण शर्माका अनुसार निर्वाचन आचार संहिताको दफा १३ को ‘ङ’ मा कुनै पनि राजनीतिक दल वा उम्मेदवारले व्यानर प्रयोग गर्दा ३*४ फिटको मात्र प्रयोग गर्न पाउने उल्लेख गरिएको छ ।

निर्वाचन आचार संहिताको दफा १३ को ‘ण’ मा जुलुस भेला गर्दा २५ जना भन्दा बढी जम्मा हुन नपाइने र बाजागाजाको प्रयोग गर्न नपाइने उल्लेख भएपनि उक्त नियमको पालना गरेको पाइएन ।

photo20221010syanja (1)

photo20221010syanja (2)

photo20221010syanja (3)

photo20221010syanja (4)

photo20221010syanja (5)

photo20221010syanja (6)

photo20221010syanja (7)

photo20221010syanja (8)

photo20221010syanja (9)

photo20221010syanja (10)

लमजुङ प्रतिनिधि प्रमोद अधिकारीका अनुसार यहि मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि असोज २३ गते उम्मेदवारी दर्ता गर्ने क्रममा दलहरूले आचारसंहिताको उल्लङ्घन गरेका छन् ।

निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचनसम्बन्धी आचारसंहिता परिच्छेद ४ को दफा १३ को ‘ण’ मा गरिएको व्यवस्थाको दल तथा दलका उम्मेदवारहरुले उल्लङ्घन गरेका हुन् ।

निर्वाचन आचारसंहिता अनुरुप निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाउने उल्लेख भएपनि नेपाली कांग्रेस सहितको गठबन्धनले बेसीशहरको मनाङ्गे चौताराबाट झण्डासहित सयौँको सङ्ख्यामा जुलुस प्रर्दशन गरी प्रशासन चोकसम्म आएका थिए ।

नेकपा एमालेका उम्मेदवारहरूले पनि सयौँको सङ्ख्यामा आफ्ना पार्टीका झण्डासहित पार्टी कार्यालयबाट प्रशासन चोकसम्म आएका थिए ।

photo20221011lamjung (2)

photo20221011lamjung (4)

अन्य

भिडियो