मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि निर्वाचन आयोगले असोज २३ गतेका लागि उम्मेदवारीको मनोनयन पत्र दर्ताको तालिका निर्धारण गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वःघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयन पत्र साथ पेस गर्नुपर्ने भएकोले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने भएकोले मनोनयन दर्ता गर्नु अगावै स्पष्ट भई स्वःघोषणापत्रमा दस्तखत गर्नुपर्नेछ ।
