२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६१ वर्षीय नातेदारलाई असोज ९ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित महिलालाई असोज ८ गते घरमै बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर राजेश सिग्देलले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ९ गते नै पशुपति स्मृति अस्पताल, चरिकोटमा गरियो ।