INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि हिंसा पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएर न्यायिक प्रक्रियामा जान समस्या भएका दुुईजना घरेलु हिंसा पीडितलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले असोज ७ गते आर्थिक सहयोग गरेको छ ।

गुुर्भाकोट नगरपालिका–१३ की ४४ वर्षीया मिना सार्कीलाई १० हजार तथा वीरेन्द्रनगर नपा–२ की ३५ वर्षीया पीडित डिलु दमाईलाई पाँच हजार रुपियाँ इन्सेकले आर्थिक सहयोग गरेको हो ।

पीडितलाई न्याय प्रक्रियामा जाँदा आइपर्ने निवेदन शुल्क, फोटोकपी, यात्रा खर्च लगायत विभिन्न आर्थिक समस्यालाई सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताउनुु भयो ।

मानव अधिकार सहायता कक्षको भदौ २२ गते बैठक बसि पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय अनुसार उहाँहरूलाई सहयोग गरिएको संयोजक सुवेदीले बताउनुुभयो ।

यो महिनामा मात्र कार्यालयले आर्थिक अवस्था कमजोर भएका तीन जना पीडितलाई आर्थिक सहयोग गरेको छ । २०२२ जनवरीदेखि हालसम्म कार्यालयले १२ जना पीडितलाई आर्थिक सहयोग गरेको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनु भएको छ ।

पीडित मिना सार्कीको पतिले ०७९ साउन २१ गते घरमा तातो पानी उमालेर शरीरमा खल्याइदिएका थिए । उनको प्रदेश अस्पतालमा उपचार पश्चात अहिले अवस्था सामान्य छ । पीडित डिलुदमाईको पतिले पटक पटक शारीरिक तथा मानसिक यातना दिदै आएको पीडितले बताउनु भएको छ ।

इन्सेकको पहलमा मिना सार्कीले सम्बन्ध विच्छेद, अंश र खाना खर्च भराई पाउँ भनि ०७९ भदौ ८ गते जिल्ला अदालतमा मुद्दा दिनु भएको छ । डिलु दमाईले सम्बन्ध विच्छेदको मुद्दा असार ५ गते जिल्ला अदालतमा दर्ता गराउन भएको छ ।

Exif_JPEG_420
Exif_JPEG_420
Exif_JPEG_420
Exif_JPEG_420
Exif_JPEG_420
Exif_JPEG_420
Exif_JPEG_420
Exif_JPEG_420

अन्य

भिडियो