INSEC Online

📅 २०८३ जेष्ठ २१

चुनावीप्रचारका क्रममा झडप

गण्डकी गाउँपालिका-८ घ्याल्चोकमा काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच वैशाख २७ गते बेलुकी झडप भएको छ । चुनावी प्रचारको क्रममा रहेका काङ्ग्रेस र माआवादी कार्यकर्ताबिच बेलुकी ६ बजेतिर ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ ।

साविकको गाविस भवन नजिकै भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको र हवाइ फायर पछि भिड तितरबितर भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा नेपाली काङ्ग्रेसको चुनावी प्रचारमा रहेको बा १४ च ६८५१ नम्बरको बोलेरो जिपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो