मुसिकोट नपा ७ का ४८ वर्षीय करवीर परियारलाई एमालेको चुनावी कार्यक्रम सकेर घर फर्कँदै गर्दा कार्यक्रम स्थल नजिक वैशाख २७ गते माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेका छन् । टाउकोमा चोट लागेका परियारको रुकुमेली सामुदायिक अस्पताल मुसिकोटमा उपचार भइरहेको छ । घटनापछि युथफोर्सका कार्यकर्ताले वाइसीएलको मुसिकोट नपा ७ सारास्थित क्याम्प ध्वस्त बनाएका छन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरेको जनाएको छ ।