२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका–८ का ३१ वर्षीय मनकुमार गुरुङलाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि भदौ २७ गते फिदिम नगरपालिका–८ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष राईले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २७ गते गरिएको छ ।