सामाजिक सञ्जाल फेसबुकमा जातीय विभेद भएको ठहर हुने शब्द लेखि जातीय विभेद गरेको कसुरमा पञ्चेश्वर गाउँपालिका–४ का प्रकास चन्दलाई जिल्ला अदालत, बैतडीले दुई महिना कैद, ५ सय रुपियाँ जरीवाना र २५ हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ ।
जिल्ला अदालत, बैतडीका न्यायाधीश जयानन्द पनेरुको भदौ २० गते बसेको इजलासले चन्दलाई उक्त सजाय सुनाएको हो ।
कसुरदार चन्दले २०७८ वैशाख ३ गते सामाजिक सञ्जाल फेसबुक मार्फत मेलौली नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष बलभद्र दयाललाई जातीय भिवेद ठहर हुने गरी गालिगलौज गर्नु भएको थियो ।
सामाजिक सञ्जालमा ‘नेपालमा दयाल भनेका डुम रहेछन की ? जस्तै बलभद्र दयाल’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि पीडित दयालले चन्द विरुद्ध ०७९ वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
कसुरदार चन्द हाल प्रहरीको फरार सूचिमा रहनु भएको छ ।