१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर रानालाई भदौ २६ गते गिरफ्तार गरको छ ।
पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको स्थानीयको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २७ गते गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । भदौ २७ गते नै आरोपितविरुद्ध पीडित पक्षले उजुरी दिने तयारी गरेको पीडित पक्षले जनाएको छ ।