१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मस्र्याङ्दी गाउँपालिका–८ का ३० वर्षीय आयुष तामाङविरुद्ध भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले भदौ २ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
घटना लगत्तै आरोपित तामाङ ‘फरार’ रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वस्थ्य परीक्षण जिल्ला अस्पताल लमजुङमा भदौ २२ गते गरिएको छ ।