INSEC Online

📅 २०८३ जेष्ठ २१

शिशु हत्या घटनाका कसुरदार नौ वर्षपछि गिरफ्तार

नवजात शिशु हत्या घटनामा अदालतबाट जन्मकैद सजाय तोकिएका भोजपुर नगरपालिका-४ सिद्धेश्वरका ४३ वर्षीय प्रेमकुमार राउतलाई प्रहरीले काठमाडौं  महानगरपालिका- ९ गौशलाबाट भदौ २० गते गिरफ्तार गरेको छ ।

एक जना महिलासँग अनैतिक सम्बन्धबाट जन्मेको आफ्नै नवजात शिशुको ०७० असार ७ गते हत्या गरेको आरोपमा राउतलाई अदालतले जन्मकैदको सजाय फैसला गरेको थियो ।

नवजात शिशुको हत्यापछि फरार भएका राउतलाई धनकुटा जिल्ला अदालतले २०७४ कार्तिक २० गते सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहर गरेको थियो ।

उच्च अदालत विराटनगर, धनकुटा इजलासले २०७५ असोज ८ गतेको शुरु सदर फैसला तथा सर्वोच्च अदालतले २०७६ वैशाख १६ गतेको अन्तिम फैसला आदेशले जन्म कैद (२५ वर्ष) फैसला गरेको थियो ।

जिल्ला अदालत धनकुटा र सर्बोच्च अदालतले समेत शिशुहत्या हत्या मुद्धामा जन्मकैदको फैसला सुनाएका कसुरदार राउतलाई काठमाण्डौंको गौशालाबाट गिरफ्तार गरी भदौ २१ धनकुटामा सार्वजनिक गरिएको छ ।

खोज तलास गर्ने क्रममा गौशालामा छद्म नाम प्रयोग गरी होटल ब्यवसाय सञ्चालन गरी लुकिछिपी बस्दै आइरहेको भन्ने सूचनाको आधारमा फरार राउतलाई  भदौ २० गते गिरफ्तार गरी प्लेनबाट बिराटनगर हुँदै धनकुटा ल्याई भदौ २१ जिल्ला अदालत धनकुटामा बुझाइएको प्रहरीले जनाएको छ ।

शिशुकी आमाले भने पाँच वर्षको कैद सजाय भुक्तान गरिसकेको प्रहरीले जनाएको छ।

शवको पोष्टमार्टम ०७० असार ९ गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो