INSEC Online

📅 २०८३ जेष्ठ २१

राप्रपाद्वारा विद्यालयमा आयोजित चुनावी अभियानमा हेलिकप्टरको प्रयोग

निर्वाचन आचारसंहिता विपरीत उत्तरी धादिङको क्षेत्रमा रहेको रुबीभ्याली गाउँपालिकाको लापा गाउँस्थित लापा माध्यमिक विद्यालयमा वैशाख २५ गते राप्रपाको चुनावी सभामा हेलिकप्टरको प्रयोग गरी प्रचारप्रसार गरिएको छ ।

Photo20170509Dhading

राप्रपाको तर्फबाट चुनावी सभा आयोजना गरिएकोमा राप्रपाका नेता बुद्धिमान तामाङसमेत सहभागी भएको कार्यक्रममा हेलिकप्टर ल्याएर कार्यक्रम गरिएको हो ।

राप्रपाले नल्याएको र अन्य मानिसले चुनावी कार्यक्रममा जानका लागि हेलिकप्टरमा जाउँ भनेर आफू कार्यक्रममा गएको राप्रपाका नेता बुद्धिमान तामाङले बताए ।

उत्तरी धादिङको रुबीभ्याली, खनियाबास र गङ्गाजमुना गाउँपालिकाका निर्वाचनमा खटिएका कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरले सो स्थानहरूमा कर्मचारी, मतपत्र र मतपेटिका पुर्‍याइएको प्रहरी उपरिक्षक शरद खत्रीले जानकारी दिए ।

खनियाबास गाउँपालिकाको दार्खामा राप्रपा र काङ्ग्रेस कार्यकर्ताबिच वैशाख २६ गते झडपको स्थिति आएकोले समयमै सुरक्षाकर्मी पुगेर स्थिति सामान्य पारिएको प्रहरीले जनाएको छ ।

यसैबिच जिल्लामा पानी परेका कारण समयमै मतदानमा खटिएका कर्मचारी र मतपेटिका पुर्‍याउन कठिन भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

मतदानमा खटिने कर्मचारी छनौट गरिएपनि सबैलाई नियुक्ति पत्र नदिएकोले गर्दा वैशाख २७ गते मतदान स्थलमा पुगेर स्थानीय उम्मेद्वार र राजनीतिक दलको बैठक राख्नु पर्ने भएपनि सो स्थानहरुमा कर्मचारी पुग्न सकेका छैनन् । वैशाख २८ गतेसम्म सम्बन्धित स्थानमा कर्मचारी पुगिसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अन्य

भिडियो