INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

भिमदत्त नगरपालिका–१५ गोबरैयाकी ४५ वर्षीया प्रेमलता चन्दलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले ५४ वर्षीय पति विरेन्द्र चन्दलाई भदौ २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले आफूलाई कुटपिट गरी घाइते बनाएको र घर निकाल समेत गरेको भन्दै भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजरी दिएकोले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र ठकुन्नाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

भदौ १८ गते बाँसको लठ्ठीले मरणासन्न हुने गरी कुटपिट गरी गम्भिर घाइते बनाएपछि पति विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित महिलाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘लामो समयदेखि पटक पटक कुटपिट गर्ने, हातपात गर्र्ने, अपशब्द प्रयोग गरी शाररीक तथा मानसिक यातना दिने गर्नु भयो । यस पटक सहन सकिने । बाध्य भएर न्यायका लागि प्रहरीमा उजुरी दिए ।’

कुटपिटबाट गम्भिर घाइते हुनु भएकी महिलाको स्वास्थ्य उपचार भदौ १९ गते महाकाली अस्पतालमा गरिएको थियो ।

कुटपिट गरी घर निकाल समेत गरिएकी पीडित महिलालाई हाल जानकी टोलस्थित अल्पकालिन सेवा केन्द्रमा आश्रय दिइएको सेवा केन्द्रका संयोजक मञ्जु केसीले बताउनु भयो ।

अन्य

भिडियो