INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारका घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ का ३६ वर्षीय कृष्णबहादुर सार्कीलाई भदौ १४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १४ गते आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले बताउनु भयो ।

आरोपितले बलात्कार गरेर भागेको र उजुरी पछि प्रहरीले गिरफ्तार गरेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १४ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।

अन्य

भिडियो