INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता आमा र छोरी खोजी दिन माग गर्दै प्रहरीमा निवेदन

केरावारी गाउँपालिका–८ का ३८ वर्षीय सूर्यप्रसाद फुयलले बेपत्ता २८ वर्षीया पत्नी रीता र नौ वर्षीया छोरी खोजी दिन प्रहरीमा निवेदन दिनु भएको छ ।

०७९ साउन ३ गते केरावारी गाउँपालिका–८ स्थित साप्ताहिक बजारबाट बेपत्ता भएका आमाछोरीका खोजीका लागि साउन ४ गते इलाका प्रहरी कार्यालय वेलवारीमा निवेदन दिएको महिना दिन बितेपनि उनीहरूको अवस्थाका बारेमा थाहा पाउन नसकेको पीडितले इन्सेक प्रतिनिधिसँग गुनासो गर्नु भएको छ ।

इन्सेक प्रतिनिधिले पीडितसँग ९८१८८८६३९ नम्बरमा भदौ १४ गते सम्पर्क गर्दा पीडितले पत्नी र छोरी फेला नपरेको गुनासो गर्नु भयो ।

केरावारी गाउँपालिका–८ स्थित साप्ताहिक बजारमा किनमेल गर्न भन्दै नौ वर्षीया छोरीसहित हिडेकी पत्नी साउन ३ गतेदेखि बेपत्ता भएपछि खोजीका प्रहरीका निवेदन दिएको पीडितले बताउनु भयो ।

आमाछोरी साउन ४ गते बिहान १० बजे काभ्रेपलाञ्चोक, बनेपाको टेलिकम अफिस अगाडि ओर्लिएको जानकारी धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले दिएपनि उनीहरूको अवस्था अझै थाहा हुन नसकेको सूर्यप्रसादको भनाइ छ ।

सिन्धुलीमा भएको जानकारी पाएर खोजी गर्दै सिन्धुलीसमेत पुगेको तर, त्यहाँ पनि पत्ता लाग्न नसकेको सूर्यप्रकाशले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।

इलाका प्रहरी कार्यालय वेलवारीले बेपत्ता आमाछोरीका खोजीका लागि प्रहरीका सबै यूनिटमा सूचना सर्कुलर गरेको जनाएको छ ।

photo 20220831 morang (1)

photo 20220831 morang (2)

अन्य

भिडियो