३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बरहथवा नगरपालिका–१६ जानकीनगरका ३५ वर्षीय सकलदेव महतोविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा भदौ १२ गते उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले भदौ ५ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।
इलाका प्रहरी कार्यालय बरहथवामा पीडित पक्षले उजुरी दिएपछि आरोपित महतो फरार रहेकोले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर चन्देश्वर यादवले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १२ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।