INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरो पीडित दलित परिवारलाई गाँसबासको सकस !

दशैँ, तिहार जस्ता चाडवाड नजिकिँदै गर्दा गाउँवस्तीमा खुशीको लहर फैलिन थालिसकेको अवस्थामा राइनासका पहिरो पीडित भने गाँस र बासको सकस भोगिरहेका छन् ।

गत साउन ११ गते गएको पहिरोले बेघरबार बनेका राइनास नगरपालिका–२ का दुई दलित परिवारलाई कुनै चाडबाडको रौनकले छोएको छैन ।

उनीहरूलाई यतिबेला कहाँ बस्ने र कसरी खानाको जोहो गर्ने भन्ने चिन्ता छ । मौलिक अधिकारले सुनिश्चित गरेको नागरिकको सुरक्षित बास र खाना पाउने अधिकारबाट समेत पहिरो पीडितहरू वञ्चित भएका छन् ।

default
default

पहिरोले टोपबहादुर विश्वकर्मा र शेरबहादुर विश्वकर्माको भएभरको सम्पत्ति (करिव १० रोपनी पाखोबारी) त लग्यो नै, बस्ने घर, धन्सार र गोठ पनि बस्नै नसक्ने गरी जोखिममा पारेको छ ।

पहिरोले आफ्नो उठिबास बनाएको, बालबच्चाको बिचल्ली बनाएको र उठ्नै नसक्ने गरी आर्थिक सङ्कट थपिदिएको पीडित टोपबहादुरले बताउनु भयो ।

‘तीजमा लिनआउनु भनेर छोरीले फोन गरेकी छन् । मुटुमा भक्कानो फुट्यो । छोरीले पनि मन थाम्न नै सकिनन् ।’–टोपबहादुरले भन्नु भयो–‘बास नै नभएपछि छोरीलाई बोलाएर कहाँ राख्नु र के खानु ?’

जसोतसो अर्काको घरमा बास बसेको यो परिवारलाई चाडबाड आएसँगै घरका मान्छे गाउँ फर्कने हुँदा अन्यत्र सर्नुपर्ने पीडाले सताएको टोपबहादुरले बताउनु भयो ।

कहिले वडा कार्यालय, कहिले नगरपालिकाको कार्यालय अनि कहिले जिल्ला प्रशासन कार्यालय धाउँदाधाउँदा एक महिना बितिसक्दा पनि बासको व्यवस्था कसैले पनि नमिलाइदिएको उहाँको गुनासो छ ।

m
m

तत्कालको व्यवस्थाका लागि भने इन्सेक जिल्ला प्रतिनिधिको समन्वयमा प्रति परिवार क्रमशः नगरपालकिाबाट १५ हजार रुपियाँ, जिल्ला प्रशासन कार्यालयको विपद् व्यवस्थापन समितिबाट २० हजार रुपियाँ तथा जिल्ला रेडक्रस कार्यालयबाट १÷१ थान राहत सामग्री उपलब्ध गराइएको छ ।

सरकारले थोरै राहत दिने भएपनि लिने बाटो नजान्दा उहाँहरूले समयमा नै राहत पाउन सक्नु भएको थिएन ।

नगरपालिकाभित्र जग्गाको खोजी भइरहेको प्रमुख खड्गबहादुर गुरुङले जानकारी गराएपनि हालसम्म यसको व्यवस्था गराइएको छैन ।

photo20220830lamjung (3)

अन्य

भिडियो