१५ वर्षीया बालिकालाई भदौ ९ गते बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–३ स्थित प्रिति माद्यमिक विद्यालयका शिक्षक किशोरी जोशीलाई भदौ ९ गते गिरफ्तार गरेको छ ।
टिउसन पढ्न गएको अवस्थामा बालिकालाई बलात्कार गरेपछि आरोपित शिक्षक जोशी विरुद्ध भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकराज जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।