१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार भएका कसुरदारलाई प्रहरीले घटना भएको १८ वर्षपछि भदौ ५ गते गिरफ्तार गरेको छ ।
सामूहिक बलात्कार मुद्दामा सर्वोच्च अदालतबाट ९ वर्ष ५ महिना १९ दिन कैद सजाय ठहर भएका बराहक्षेत्र नगरपालिका–५ का ४२ वर्षीय सुरज विश्वकर्मालाई घटना भएको १८ वर्षपछि भदौ ५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।
१४ वर्षीया बालिकालाई ०६१ मङ्सिर २३ गते सामूहिक बलात्कारको घटना भएको र सो घटनामा विक अदालतबाट दोषी ठहर भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।
कसुरदारलाई लुकीछिपी बसिरहेको अवस्थामा बराहक्षेत्र नगरपालिका–५ भरौलबाट गिरफ्तार गरेको डिएसपी राईले बताउनु भयो ।
गिरफ्तारीमा परेका कसुरदारलाई भदौ ६ गते अदालत हाजिर गराइ झुक्का कारागार पठाइएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०६१ मङ्सिर २४ गते गरिएको थियो ।