INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका कसुरदार १८ वर्षपछि गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार भएका कसुरदारलाई प्रहरीले घटना भएको १८ वर्षपछि भदौ ५ गते गिरफ्तार गरेको छ ।

सामूहिक बलात्कार मुद्दामा सर्वोच्च अदालतबाट ९ वर्ष ५ महिना १९ दिन कैद सजाय ठहर भएका बराहक्षेत्र नगरपालिका–५ का ४२ वर्षीय सुरज विश्वकर्मालाई घटना भएको १८ वर्षपछि भदौ ५ गते गिरफ्तार गरेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।

१४ वर्षीया बालिकालाई ०६१ मङ्सिर २३ गते सामूहिक बलात्कारको घटना भएको र सो घटनामा विक अदालतबाट दोषी ठहर भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।

कसुरदारलाई लुकीछिपी बसिरहेको अवस्थामा बराहक्षेत्र नगरपालिका–५ भरौलबाट गिरफ्तार गरेको डिएसपी राईले बताउनु भयो ।

गिरफ्तारीमा परेका कसुरदारलाई भदौ ६ गते अदालत हाजिर गराइ झुक्का कारागार पठाइएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०६१ मङ्सिर २४ गते गरिएको थियो ।

अन्य

भिडियो