INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल यौन दुरुपयोग घटनाका फरार कसुरदार गिरफ्तार

बाल यौन दुरुपयोगको कसुरमा जिल्ला अदालत भक्तपुरले दोषी ठहर गरी भएको फैसला कार्यान्वयन नगरी फरार रहेका ५१ वर्षीय हरिकृष्ण कोजुलाई प्रहरीले ०७९ भदौ ५ गते गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेका सूर्यविनायक नगरपालिका–७ किवाचोक बस्ने कोजुलाई गिरफ्तार गरी भदौ ६ गते भक्तपुर जिल्ला अदालत पेश गरी फैसला कार्यान्वयनका लागि सोही दिन कारागार चलान गरेको प्रहरी परिसर भक्तपुरका डिएसपी राजू पाण्डेले जानकारी दिनु भयो ।

अदालतले कोजूलाई दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना र तीन महिना कैद फैसला गरेपछि फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको उहाँले जानकारी दिनु भयो ।

अन्य

भिडियो