३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका –६ का १९ वर्षीय बिजय यादव , २१ वर्षीय बिशाल बढई र २४ वर्षीय रामकुमार बढईलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध साउन ३० गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका थिए ।
उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले बताउनु भयो ।
घर नजिकै शौच गर्न गएको समयमा सुस्त मनस्थिती भएकी नन्दलाई आरोपितहरूले बलात्कार गरेको पीडितकी भाउजुले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ३० गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको छ ।