INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले ३५ वर्षीय बुबालाई साउन २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २० गते यौन दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय लहानमा साउन २६ गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् ।

पीडितको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा साउन २६ गते गरिएको छ ।

आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमारप्रसाद मैनालीले बताउनु भयो ।

अन्य

भिडियो