INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्यालामा विभेद भोग्नु परेको महिला कामदारको गुनासो

निर्माणाधिन बेलिब्रिज पुलमा कार्यरत महिला कामदारलाई ठेकेदारले ज्यालामा विभेद गरेको महिला कामदारले गुनासो गर्नु भएको छ ।

ठूलीभेरी नपा–३ मा पर्ने रुपगाड खोला माथि निर्माणाधिन बेलिब्रिज पुलमा कार्यरत रुुकुम पश्चिम आठबीसकोट नपा–९ गोताकोटकी ४१ वर्षीया निरमाया विक, ३५ वर्षीया रुप्सी विक र ४० वर्षीया मैना ठकुरीले आफुहरूलाई करिब ५५ वर्षीय ठेकेदार रेमान खड्काले ज्यालामा विभेद गरेको भन्दै ०७९ साउन २५ गते कालागौडास्थित प्रहरी चौकीमा समान कामको समान ज्याला दिलाई पाउँ भनि निवेदन दिनु भएको छ ।

प्रहरी चौकीका इन्चार्ज सई प्रितबहादुर मगरले पुलमा कार्यरत तीन जना महिला कामदारले आफूहरूलाई ठेकेदारले ज्यालामा विभेद गरेको भनि निवेदन दर्ता गराउनु भएको बताउनु भयो । उहाँले भन्नु भयो एउटै प्रकृतीको काममा पुरुष र केही महिला कामदारलाई समेत दैनिक काम गरेको प्रति कामदार १ हजार २ सय रुपियाँ उपलब्ध गराएको निवेदकवालालाई भने नौ सय रुपियाँ मात्र दिएकाले समान कामको समान ज्यालामा विभेद भयो भन्ने महिला कामदारको माग छ ।

पुल निर्माणको जिम्मा लिएका ठेकेदार खड्का डोल्पा जिल्ला बाहिर भएकाले जिल्लामा आउने वित्तिकै चौकीमा झिकाएर छलफल गराइने प्रहरी चौकीका इन्चार्ज मगरले जानकारी दिनु भयो ।

अन्य

भिडियो