१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २४ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर बखतबहादुर शाहीले बताउनु भयो ।
ड्राइभिङ सेन्टर सञ्चालन गरेका डाँगीले रातको समयमा काम छ भन्दै कार्यालयमा बोलाएर यौन दुर्व्यवहार गरेको ले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २३ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।