सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक नाम र थर भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ ।
साउन २३ गते गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र जारी भइसकेका नागरिकता सच्याउन चाहनेलाई सच्याउने व्यवस्था मिलाउन भनिएको छ ।
यसअघि इन्सेक अनलाइनलगायतका सञ्चार माध्यमबाट अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी गरिएका विषयमा समाचार प्रकाशन र प्रशारण गरिएको थियो ।
