प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले ०७९ साउन २० गतेदेखि मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ ।
निर्वाचन आयोगमा साउन १९ गते पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारले २०७९ साल मङ्सिर ४ गते सङ्घ र प्रदेशको चुनाव घोषणागरेसँगै साउन २० गतेदेखि मतदाता नामावली सङ्कलन कार्य स्थगित हुने बताउनुभएको हो ।
साथै आयोगले निवर्वाचन घोषणा भएको सम्बन्धमा एक प्रेस विज्ञप्ति प्रकाशन गरी आगामी कार्ययोजना समेत सार्वजनिक गरेको छ ।
आयोगका प्रवक्ता पौडेलका अनुसार यसअघि अनलाइनबाट मतदाता नामावली फारम भरेकहरूको हकमा भने साउन २० र २१ गतेसम्म फोटो खिच्ने र औँठाछाप लिने व्यवस्था मिलाइनेछ ।
२०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले असार १ गतेबाट नयाँ मतदात नामावली सङ्कलन सुरु गरेको थियो ।
साउन १९ गतेसम्मको अवधिमा करिब ५ लाख मतदाता थपिएको अनुमान गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।