INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदबारी नगरपालिका–१० का ३३ वर्षीय छत्रबहादुर राईविरूद्ध साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडितलाई आरोपितले ०७९ साउन ३ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनाएको छ ।

पीडित पक्षको उजुरी लगत्तै आरोपित फरार भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सरोज खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १४ गते गरिएको छ ।

अन्य

भिडियो