अन्नपुर्ण गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवार जिबनाथ पौडेल चढेको गाडीमा वैशाख २१ गते राति ढुङ्गा प्रहार भएको छ ।
चुनाव प्रचारप्रसार गरी घर फर्कने क्रममा पौडेल चढेको गाडीमाथी ढुङ्गा प्रहार भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सो आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ । आक्रमणबाट उम्मेदवारले प्रयोग गरेको गाडीको सिसा फुटेको छ ।
घटना स्थलबाट प्रहरीले दुई वटा स्कुटर नियन्त्रणमा लिएको र आरोपितहरूको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यलय कास्कीका इन्स्पेक्टर खड्कबहादुर खत्रीले बताए ।