रास्कोट नपा–८ की ३५ वर्षीया दर्पना तिरुवालाई नपा–२ का २७ वर्षीया मैना शाहीले जातीय विभेद गरेको आरोपमा पीडितले साउन १३ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिनु भएको छ ।
पीडितलाई आरोपितले साउन १० गते सार्वजनिक स्थलमा ‘डुम, कमारा’ भन्दै गाली गर्नुका साथै अपमान गरेको पीडितले आरोप लगाउनु भएको छ ।
जातीय विभेद तथा दुव्र्यवाहर गरेको भन्दै पीडितपक्षबाट जातीय छुवाछुत तथा दुव्र्यवाहरसम्बन्धी उजुरी अएकाले आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सिद्धराज न्यौपानेले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
नेपालको संविधानको धारा २४ मा दलितको हक र धारा ४० मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हकको व्यवस्था गरिएको छ ।
यस्तै कसैले जातीय भेदभाव तथा छुवाछुत गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा–७ उपदफा(१) अनुसार तीन महिना देखि तीन वर्षसम्म कैद वा १ हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।