INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिथिला नपा–९ बस्ने ५९ वर्षीय सोमबहादुर घिसिङलाई साउन १३ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर रामसागर सिंंहले बताउनु भएको छ ।

आरोपितविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय ढल्केवरमा साउन १२ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।

खर्साङ्गे डाँडाको सामुदायिक वनमा बाख्रा चराउन गएकी ती बालिकालाई ०७९ वैशाख ५ गते आरोपित घिसिङले ललाइफकाई बलात्कार गरेको पीडितले आरोप लगाइन् ।

पीडित बालिकालाई आरोपित घिसिङले डर, धाकधम्की देखाउँदै पटक–पटक बलात्कार गर्दै आएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।

अन्य

भिडियो