३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले पर्सा गाउँपालिका–२ का ३८ वर्षीय रामप्रताप राय यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा साउन ११ गते उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले साउन ७ गते बलात्कार प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।
आरोपित यादव पर्सा गाउँपालिकाको दक्षिण सीमा भारततर्फ भागेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राकेश यादवले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १२ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।