१२ वर्षीया बालिकालाई ०७८ पुसमा बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीबारी गाउँपालिका–२ का ३० वर्षीय इन्द्रजीत मण्डललाई साउन ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले प्रलोभनमा पारी ०७८ पुसमा बलात्कार गरेको र बालिका गर्भवती भएपछि परिवारले थाहा पाएर आरोपितविरूद्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित पक्षले जनाएको छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ साउन १० गते गरिएको छ ।
१५ वर्षीया वर्षीयालाई ०७९ साउन ८ गते बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका– १५ विचारनी टोलका २८ वर्षीय हरि राजवंशीलाई साउन ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन ९ गते गरिएको छ ।