१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र ५० वर्षीय सुरज सुवेदीलाई साउन ८ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितद्वयले होटलमा लगेर पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।
आरोपितद्वयले धम्की दिएर बलात्कार गरेको र भिडियो खिचेर सार्वजनिक गरीदिने भन्दै पटकपटक बलात्कार गरेको पीडितको आरोप छ ।
आरोपित राउत कराँते प्रशिक्षक र सुवेदी उनका साथी रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन ८ गते गरिएको छ ।