पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–५ का ५० वर्षीय श्यामलाल चौधरीलाई साउन ९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन ८ गते विद्यालयमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ९ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिएका थिए ।
विद्यलायमा आरोपितले दुर्व्यवहार गरेको भनी पीडित बालिकाले साउन ९ गते घटनाबारे आफूलाई बताएको पीडितकी आमाले बताइन् ।
उजुरीका आधारमा आरोपितलाई विद्यालयबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ९ गते लमही अस्पतालमा गरिएको छ ।